औषधि ल्याउन चीनतर्फ उड्यो वाइडबडी, राति काठमाडौं आइपुग्ने

Law Hub Nepal चैत्र १५, २०७६

काठमाडाैं। नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी–४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए ।

उनका अनुसार शनिवार गएको विमानले औषधि उपकरण लिएर शनिवार राति १ बजे काठमाडौं आउने छ ।

चीन सरकारले नेपाललाई कोभिड–१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार