ट्राफिक नियम उलंघन गर्नेलाई अब १ लाखसम्म जरिवाना ‍!

Law Hub Nepal माघ २४, २०७६

काठमाडौं । ट्राफिक नियम उलंघन गर्नेलाई १ लाखसम्म जरिवाना लगाउने तयारी गरिएकाे छ। यातायात व्यवस्था विभागले साे सम्वन्धी प्रस्ताव तयार पारेकाे हाे ।

संघीय यातायात ऐनको मस्यौदामा न्यूनतम ५ हजारदेखि १ लाखसम्मको जरिवाना प्रस्ताव गरिएको विभागले जनाएकाे छ ।

मापसे गरेर गाडी चलाएमा र लेन क्रस गरेमा ५ हजार र चोरीको गाडी चलाए १ लाख जरिवानाको प्रस्ताव गरिएकाे विभागले जनाएकाे छ ।  विभागका अनुसार यी बाहेक अरु कसुरहरुमा पनि जरिवाना बढाइएकाे छ ।

विभागले ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको छ। मन्त्रालयले कानून मन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरेपछि मस्यौदा संसद पठाउने व्यवस्था रहेकाे छ। संसदले पारित गरेपछि यो नियम लागू हुनेछ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार