संसद विघटनसम्बन्धी मुद्दाको बहस सकियो, कहिले आउँछ फैसला ?

Law Hub Nepal असार २१, २०७८

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । आज रिट निवेदकले जवाफी बहस र एमिकस क्युरीले आफ्नो राय दिएसँगै सुनुवाइ सकिएको हो ।

संवैधानिक इजालसले अब यो रिटको फैसला असार २८ गते सुनाउने भएको छ ।

आज संसद विघटन मुद्दामा एमिकस क्युरीका चार जनाले धारणा राखेका थिए । उनीहरुका लागि दुई घन्टा समय छुट्याइएको थियो।

यसअघि सोमबार नै रिट निवदेकका तर्फबाट वकिलहरूले जवाफी बहस गरेका हुन्। वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका थिए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार