गृहमन्त्रीका भाइ नरेशले गरे आत्मसमर्पण

Law Hub Nepal फागुन २७, २०७६

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन्। उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको बताइएको छ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाटपछि उनी विवादमा आएका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो। फिरौती असुलीमा धम्की दिएको आरोपमा पक्राउ परेका नरेश नगरकोटी र पवन खड्कासँग समेत नरेशको भेटघाट र सम्पर्क देखिएको थियो।

ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेपनि उनी छुटेका थिए। पछि उच्च अदालत पाटनले नरेशलाई पक्राउ गरेर थुनामा राख्न प्रहरीलाई आदेश दिएको थियो।

फरार हुँदै आएका नरेशले गत सोमबार आफैं कारागारमा आत्मसमर्पण गरेका हुन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार