एसिड प्रहार गर्ने दुईजनालाई जेल चलान गर्न काठमाडौं जिल्ला अदालतको आदेश 

Law Hub Nepal भाद्र ४, २०७७

काठमाडौं । राजधानीको सितापाइलामा एक युवतीलाई एसिड प्रहार गरेको आरोप लागेका दुई जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

गत साउन ८ गते सितापाइलामा ओखलढुंगाकी एक युवतीलाई आलमको योजनामा मुन्नाले एसिड प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

यसैगरि अदालतले एसिड प्रहारमा परेकी युवतीको उपचारका लागि राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार