कपिलवस्तुमा एक महिलामाथि एसिड प्रहार

Law Hub Nepal फागुन २५, २०७६

कपिलवस्तु । कपिलवस्तुमा एक महिलामाथि एसिड (तेजाब) प्रहार गरिएको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-१ मा तेजाब प्रहारबाट महिला घाइते भएकी छिन् ।

महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते महिलाकाे कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

क्रिकेट ब्याटकाे विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ । क्रिकेट ब्याट भाँचेपछि वरईले ब्याटको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेकाेे बताइएको छ ।

वरईलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

ब्याट्री मर्मत गर्ने वरईको पसलबाट प्रहरीले पाँच लिटर तेजाबसमेत बरामद गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार