समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Law Hub Nepal मंसिर २२, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) विहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार