थाहा पाउनुहोस् संसारका १० अनौठा नियम तथा कानूनहरू !

Law Hub Nepal मंसिर २०, २०७७

ल हब नेपाल । हामीले पालना गर्नुपर्ने नियम र कानून अवश्य पनि धेरै छन् । तर संसारका केही ठाउँमा यस्ता कानून र नियमहरू पनि हुन्छन्, जुन सुनेर तपाईंलाई अनौठो लाग्न सक्छ । हो, यस्तै विश्वास गर्न पनि गाह्राे पर्ने १० वटा नियम र कानूनको सूची निम्नानुसार रहेको छ :

१. इटालीको मिलानमा सार्वजनिक ठाउँमा नमुस्कुराउनु गैरकानूनी काम हो । कसैको अन्तिम संस्कारमा सहभागी हुँदा र अस्पतालमा कसैलाई भेट्न जाँदा बाहेक अरू बेला मुस्कुराउनै पर्छ ।

२. सिंगापुरमा चुइगमलाई अवैधानिक मानिन्छ । त्यहाँ यसको किनबेचमा रोक समेत लगाइएको छ । कानूनले सार्वजनिक ठाउँहरू सफासुग्घर राख्नुपर्नेमा जोड दिएको छ ।

३. मेक्सिकोमा साइकल चलाउँदा खुट्टा पेडल्समै राखिराख्नु पर्छ, अन्यथा गैरकानूनी ठहर्छ । साइकल चलाउँदा मान्छेले नियन्त्रण नगुमाउन् भनेर यस्तो नियम बनाइएको हो ।

४. स्वीट्जरल्यान्डमा अपार्टमेन्ट भवनहरूमा रातको १० बजेपछि ट्वाइलेट फ्लश गर्नु कानून विरोधी काम हो ।

५. कुखुराले रोड क्रस किन र कतिबेला गर्छन् ? कसले हेक्का राखोस् ! तर जर्जियामा यसको हेक्का राख्नैपर्छ । किनभने त्यहाँ कुखुराले रोड क्रस गर्न पाइँदैन । यो गैरकानूनी काम हो ।

६. रसियामा फोहोर कार चलाउनु गैरकानूनी कार्य हो । यदि यसो गरेमा जरिवानासमेत तिर्नुपर्छ । यहाँ सफा सवारी साधनलाई सभ्यताको रूपमा लिइन्छ ।

७. स्कटल्याण्डको एक नियम अनुसार यदि कसैले तपाईंको घरको ढोका ढक्ढक्याउँछ र बाथरूम प्रयोग गर्न चाहान्छ भने उसलाई अनुमति दिनुपर्छ ।

८. क्यानडाको ओन्टारियोमा रूख चढ्नु कानून विपरीतको कार्य हो । यहाँ रूख चढेमा जरिवानासमेत तिराइन्छ ।

९. इटालीको टुरिनमा आफुले पालेको कुकुरलाई दिनमा तीनपटक बाहिर घुमाउन लैजानुपर्छ । नत्रभने गैरकानूनी कार्य गरेको रूपमा जरिवाना तिर्नुपर्छ ।

१०. फ्रान्सको सार्पोरेन्स सहरमा मर्नुअघि नै आफ्नो लागि चिहान आफैं किन्नुपर्ने कानूनी प्रावधान छ । यो नियम पालना नगर्ने मृतकलाई भने के सजाय हुन्छ भन्ने चाहिँ अझैं अस्पष्ट छ ।

अतः सुन्दा अनौठा लागेपनि यी माथिका नियम तथा कानून पालना नगरेमा सजाय दिइनुका साथै जरिवानासमेत तिराइन्छ ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार