चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त

Law Hub Nepal वैशाख ५, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता समेत रहेका महेन्द्र बहादुर पाण्डेलाई चीनको राजदूतमा नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले शुक्रबार पाण्डेलाई चीनको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पाण्डेलाई राष्ट्रपतिले गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार