संघीयता खारेज गर्न भन्दै संसदमा संविधान संशोधन प्रस्ताव दर्ता

Law Hub Nepal जेठ २१, २०७७

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले संघीयता खारेज गर्नुपर्ने भन्दै सो प्रस्ताव दर्ता गरेकी हुन् । उनले बुधबार दिउँसो सिंहदरबार पुगेर प्रस्ताव दर्ता गराएकी हुन् ।

६२ बुँदे प्रस्तावमा संघीय संरचना सबै खारेज गर्नुपर्ने बताइएको छ । सांसद पौडेलले संघीयतासम्बन्धी सबै अनुसूचीहरू खारेज गरिनुपर्छ भन्ने आफ्नो माग रहेको बताइन् ।

प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित एकात्मक प्रणाली नै अहिलेको माटो सुहाउँदो व्यवस्था भएको उनले जिकिर गरिन् । प्रादेशिक संरचना सेतो हात्ती भएकोले यसलाई पूरै खारेज गर्नुपर्ने धारणा राखिन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार