नेपालका सबै नागरिकलाई सैनिक तालिम दिनुपर्ने भन्दै संविधान संशोधन विधेयक दर्ता 

Law Hub Nepal जेठ २३, २०७७

काठमाडौं । गैर सरकारी विधेयकको रुपमा थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ ।

सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन् । सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएको संसद सचिवालयले जनाएको छ ।

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन राखेका छन् ।

यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोश्रो संशोधन विधेयक दर्ता गराएको थियो । सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भईसकेको छ ।

त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा, नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जना सांसदको तर्फबाट र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन् ।

सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसंगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार