कालोबजारी गरेको अभियोगमा जगदम्बा स्टिलका सञ्चालक अग्रवाल पक्राउ

Law Hub Nepal चैत्र २५, २०७६

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

कोरोना परीक्षण गर्ने ६७ वटा इन्फ्रारेड थर्मल गनसहित उनलाई पक्राउ गरिएको प्रहरी अपराध महाशाखाले जनाएको छ ।

५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

अग्रवाल काठमाण्डौको नक्सालबाट पक्राउ परेका हुन् ।

किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको महाशाखाले जनाएको छ ।

२०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिँडेको अवस्थामा महाशाखाले फेला पारेको र त्यसपछि उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख थापाले बताए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार