लकडाउनमा सामूहिक नमाज पढ्दै गरेका १४ जना पक्राउ

Law Hub Nepal वैशाख ७, २०७७

काठमाडौं । कपिलवस्तुमा लकडाउन उलंघन गरी सामूहिक नमाज पढ्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मायादेवी गाउँपालिका ७ स्थित एक मस्जिदबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनलाई उल्लंघन गरेको, सामाजिक दूरी कायम नगरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जिल्लाका मुस्लिम अगुवा, मदरसा संचालक तथा ईस्लाम धर्म गुरुहरुसँग जिल्ला प्रशासन कार्यालमा सामूहिक बैठक बसी घरमै बसी नमाज पढ्न आग्रह गरेका थिए ।

तर पनि जबरजस्ती स्थानीय मस्जिदमा जम्मा भई नमाज पढ्न खोज्ने उनीहरुलाई बाध्य भई पक्राउ गर्नु परेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार