राष्ट्रहरू एकिकरण गराैं !

Law Hub Nepal भाद्र २७, २०७७
  • अधिवक्ता सुरेशकुमार पाेखरेल ।

दक्षिण र पूर्वी एशियाका जनता समृद्दिकाे सपनालाई साकार बनाउने हाे भने याे क्षेत्रलाई भाैगाेलिक र सामरिक रूपमा समेत बृहद् बनाउँदै अर्थतन्त्र बलियाे बनाउन जरूरी छ ।

दक्षिण एशियाका नेपाल, बंलादेश, भुटान, म्यानमार, लाओस, थाईल्याण्ड, क्याम्बाेडिया, भियतनाम, चीन जस्ता देशहरू मिलाएर याे क्षेत्रलाई एकिकृत राज्य (United States) बनाउनु आजकाे आवश्यकता हाे । त्यसका लागि सर्बप्रथम उल्लेखित देश र यहाँका जनताहरू मानसिक रूपमा तयार हुन जरूरी छ ।

हाे ! विश्वमा केही साना र भुपरिबेष्ठित मुलुकहरू विकसित छन्, तर विश्वका सबै सानाठुला मुलुकहरू विकसित र समृद्ध छैनन् । एक्काईसाै शताब्दीकाे बदलिंदाे विश्व परिबेश र समयमा सबैकाे चाहाना समृद्धि नै हाे, जुन अत्यन्त कठिन यात्रा हाे ।

दक्षिण एशियाका SAARC र ASEAN राष्ट्रका संगठनहरू आफ्नाे लक्ष्य र उदेश्य प्राप्तिमा असफल भईसकेकाे विद्यमान अवस्था र परिस्थितिमा सबै देश र देशबासीले नयाँ ढंगले साेच्ने परिस्थिति विकसित भईसकेकाे छ ।

राजनीतिक व्यवस्था, शासकिय स्वरूप र त्यसकाे पात्र परिवर्तनले मात्र लक्षित उपलब्धि हासिल हुँदैन । राजनीतिक व्यवस्था परिवर्तनले मात्र समृद्धि आउँदैन ।

ब्यक्तिगत ईच्छा, चाहाना र त्याग बिना भनेजस्ताे आर्थिक समृद्धि र उपलब्धि हांसिल नहुने भएकाले बिना त्याग समृद्धिकाे सपना देख्नु हाम्राे जस्ताे अविकसित, विकाशाेन्मुख, भाैगाेलिक रूपमा सानाे र भुपरिबेष्ठित मुलुकका जनताका लागि कठिन थियाे र हुनेछ ।

जनजागरण आउनुपर्ने “एकिकरणका” लागि हाे, खण्डिकरणका लागि हाेईन । अब पनि यस क्षेत्रमा छरिएर रहेका राज्यहरू एकीकरण नहुनु दुर्भाग्य हाे ! अबपनि एकीकरण नहुने हाे भने, याे क्षेत्रका जनतामा जनजागरण आईनसकेकाे कुरा प्रष्ट हुनेछ ।

“राजनितिक ब्यबस्था र पात्रकाे परिवर्तनले समृद्धिकाे सपना पुरा हुनेछ !” भन्ने ठान्नु मुर्खता हुनेछ । याे क्षेत्रका जनता विभिन्न राजनितिक दल, व्यवस्था र पद्धतिकाे झण्डा बाेकेर हिँडेकाे सयाैँ वर्ष भईसक्याे !

अब पनि राजनितिक व्यवस्था, नेतृत्व र फेरिएका नेता र तिनका ओठे नाराले मुलुकमा समृद्धि आउँछ भन्नु जनतालाई दिग्भ्रमित पार्नु र भ्रमकाे खेतीलाई निरन्तरता दिनु हाे ।

समृद्धि र विकास समाजकाे “बहुआयामिक” पक्षसँग सम्बन्धित कुरा हाे । समाजकाे कुनै एक पक्ष (राजनितिक क्षेत्र) मा भए-गरेकाे परिवर्तनले याे क्षेत्रकाे समृद्धिकाे जनचाहाना साकार हुनेवाला छैन !

नेपाल लगायत दक्षिण तथा पूर्वी एशियाका देश र यहाँका जनताहरूले एउटा कुरा स्पष्ट रूपमा बुझ्न जरूरी छ, त्याे के भने एकीकरण नै यस क्षेत्रका देशहरूकाे समृद्धिका लागि पुर्ब र अन्तिम शर्त हाे । देशहरू फुटेर-फुटाएर हाेईन, जुटेर-जुटाएर जाने बेला हाे ।

फुटेर हाेईन, जुटेरमात्र लक्ष हांसिल गर्न सकिन्छ । राष्ट्रहरू फुटाएर एकाई बनाउने हाेईन, राष्ट्रहरू जुटाएर लक्ष हासिल गर्नेतर्फ मुखरित हुन जरूरी छ । याे शर्तकाे हांसिल बिना जनआकांक्षा पूरा हुनसक्ने देखिंदैन । त्यसैले याे क्षेत्रमा छरिएर रहेका देशहरू मर्ज हुनुपर्ने बेला आईसकेकाे छ ।

विश्व मानचित्रमा दक्षिण र पूर्वी एशियाका राष्ट्रहरू एकै भाैगाेलिक क्षेत्रका राष्ट्रहरू हुन् । यी राष्ट्रहरू भाषिक र सांस्कृतिक रूपमा विविधता भएतापनि अब एक भई निश्चित शर्तमा एकीकृत हुनुपर्ने बेला आईसकेकाे छ ।

एकीकृत राज्यका रूपमा United States of South Asia (USSA) बनाएमा विश्वकाे अर्थतन्त्र दक्षिण एशियाकाे पकडमा आउने र चिरकाल सम्म विश्व अर्थव्यवस्था याे क्षेत्रकाे पकडमा रहने मात्र नभई याे क्षेत्रका जनताकाे लामाे समय देखिकाे आर्थिक समृद्धि र लक्ष्य समेत हांसिल हुने कुरा सुनिश्चित छ ।

(याे लेखककाे नितान्त व्यक्तिगत विचार हाे ।

(अधिवक्ता पाेखरेल समाजशास्त्री/मानवशास्त्री हुन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार