नेपाल अझै एकीकरण हुन बाँकी !

Law Hub Nepal पौष २७, २०७७

देश कृत्रिम हाे, तर भुगाेल प्राकृतिक हाे । “देश” राजनीतिले खडा गरेकाे एउटा प्रशाशनिक एकाई हाे । भाैगालिक विभाजनसँगै राजनीतिक व्यवस्था संचालनका लागि बनाईएकाे क्षेत्र “देश” हाे ! त्यसकारण “देश” नामकाे कृत्रिमतामा नअल्झनु र विभाजनबाट जाेगिनु नै दक्षिण-पूर्वी एशियालीहरूका लागि उन्नति, प्रगति र समृद्धिकाे मार्ग हाे ।

नेपाल लगायत दक्षिण-पूर्वी एशियाका देशहरूमा “विभाजन”काे राजनीति छ । भाैगाेलिक, राजनीतिक, सामाजिक, साँस्कृतिक रूपमा मात्र नभएर जाति जनजातिका नाममा समेत विभाजनकाे रेखा काेरिएकाे छ । “विभाजन” स्वार्थ सिद्धिका लागि गरिएकाे छ । समृद्धिकाे सपना देखाउँदै समाजकाे सबै क्षेत्रमा विभाजन गरिएकाे छ । विभाजनकाे मानसिकतामा समृद्धि आउँछ भन्ने ठान्नु दक्षिणपूर्वी एशियालीहरूकाे भ्रम हाे । विभाजित भएर शान्ति र समृद्धिकाे  गर्नु ब्यर्थ हाे ।

“विकास” भन्ने कुरा बहुआयामिक पक्षसँग सम्बन्धित छ । समाजकाे कुनै एक पक्षमा भएकाे सकारात्मक परिवर्तन “विकास” हुन सक्दैन । शान्ति र समृद्धिका लागि दक्षिण- पूूूूूर्वी एशियालीहरूमा भावनात्मक र कार्यगत एकता हुन जरूरी छ । त्यहि एकताका माध्यमबाट संस्कृति, प्राकृतिक सम्पदा, ऐतिहासिक धराेहरहरूलाई बृहद बनाउँदै “साझा” हुनु आजकाे आवश्यकता हाे ।

विकास “एकता” मा छ,”विभाजन”मा हाेईन । भाैगाेलिक, राजनितीक, सामाजिक, साँस्कृतिक विभाजनलाई भत्काएर एकिकरण गर्ने हाे भने याे क्षेत्रका जनताकाे जनजिबिका र जीवन स्तरमा आमुल परिवर्तन आउने निश्चित छ । त्यसकारण विभाजित मानसिकतालाई पन्छाएर अबकाे अभियान देशहरूकाे एकिकरणका लागि हुनुपर्छ । राज्यहरू संयुक्त (United) हुनु आजकाे आवश्यकता भएकाले राष्ट्रहरू एकीकृत बनाउन जरूरी छ । राष्ट्रिय एकीकरण दिवसमा पृथ्वीनारायण शाह प्रति सच्चा श्रद्धाञ्जली यहि हुनेछ ।

(याे लेख दक्षिणपूर्वी एशियाका नेपाल, भियतनाम, कम्बोडिया, म्यानमार, लाअओस, चीन, भुटान, थाईल्याण्ड लगायतका देशहरूकाे एकिकरणसँग सम्बन्धित छ । याे लेखककाे व्यक्तिगत विचार हाे ।)

The country is artificial but the land is natural. “Country” is an administrative unit set up by politics. The “country” is the area created for the operation of the political system along with the division of the country. The path to prosperity and progress for Southeast Asians is to avoid the name of “country” and to avoid division.

There is a politics of “division” in the countries of Southeast Asia, including Nepal. “Divide” is done for selfish ends. Showing the dream of prosperity, all sections of the society have been divided. It is only a delusion of Southeast Asians to think that prosperity comes in the mindset of division. It is futile to hope for peace and prosperity by being divided.

“Development” is related to the multidimensional aspect. Positive change in any one aspect of society cannot be “development”. For peace and prosperity, Southeast Asians need emotional and functional unity. Today’s need is to “share” culture, natural resources and historical monuments through unity.

Development is in being “one” not in being “divided”. If the regional, political, social and cultural divisions are broken and unified, it is certain that there will be a radical change in the living standards of the people of this region.Therefore, the current campaign should be for the unification of the countries by putting aside the divided mentality. The need for states to be united today is to unite nations.This will be a true tribute to Prithvinarayan Shah on National Unification Day.

This article deals with the unification of Southeast Asian countries such as Nepal, Vietnam, Cambodia, Laos, China, Bhutan, Bangladesh, Thailand and Myanmar. This is the personal opinion of the author.

(अधिवक्ता पाेखरेल समाजशास्त्री/मानवशास्त्रीसमेत हुन् ।)

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार