गाउँ, कृषि र काेराेना

Law Hub Nepal श्रावण ११, २०७७
  • रञ्जित आचार्य

कलेज छुट्टि हुँदाबित्तिकै गत चैतकाे ३ गते म गाउँ आएँँ । त्यतिबेला गाउँ सुनसान जस्तै थियाे । गाँउका मानिसहरु गाउँ भन्दा बढी सहर मन पराउँथे । गाउँमा भएका केही मानिसहरु ताेरी, गहुँ, जाैँ भित्र्याउन र मकै छर्नमा व्यस्त जस्तै थिए । अहिले पनि गाउँलेहरु कृषि पेशामा आबद्द छन् ।

म पनि कृषक परिवारकाे सदस्य भएर हाेला, कृषि पेशा मलाई पनि खुब मन पर्छ । घरमा आएपछि बा आमालाई कृषिकाे काममा मैले पनि सघाउने गर्दछु ।

गाउँका धेरै जसाे सहर गएपनि बा-आमालाई भने गाउँ नै मन पर्छ । स्वच्छ हावापानीयुक्त वातावरण, आफ्नै घरकाे ताजा तरकारी, मर्दा-पर्दाका गाउँले दाजुभाइ भएर बा-आमालाई सहर जाने मनै आएन ।

सके सम्म आफ्नै गाउँमा काम गर्नु पर्छ भन्ने बा-आमाकाे साेच छ । घरमा दुईवटा भैंसी, एक हल गाेरु र बाख्रा छन् । बा-आमाकाे पेशा भनेकै यहि हाे । यहि पेशा बाट भएकाे आम्दानिले मेराे कलेज फि तिर्न र परिवारकाे जिविका चलाउन पुगेकाे छ ।

म घर आएकाे हप्तादिन पछि गाउँमा मानिसको ओइराे नै लाग्न थाल्याे । मानिसको भिडभाड खास गरी दशैं तिहारमा मात्र हुने गर्दथ्याे । कतै चैते दशैं मनाउन त मानिसहरु गाउँ आएका हैनन् भनेर धेरै अचम्मित भए । विश्वव्यापी फैलिएको काेराेना भाईरस ले देश पुरै लकडाउन हुने भएकाले मानिसहरु गाउँ छिरेका रे ।

गाउँमा भन्दा बढी सहरमा आफ्नाे भविष्य देख्नेहरु पनि काेराेनाकाे महामारीले गर्दा गाउँ पसे । गाउँमा मानिसहरूकाे चहलपहल बढेर गाउँकाे माहोल नै परिवर्तन भएकाे थियाे । खासमा भन्ने हाे गाउँमा चैतमा नै दिपावली आएकाे थियाे । मानिसहरूकाे भिडभाडले गर्दा गाउँमा पनि जाेखिम थप बढेकाे थियाे ।

हिजाे सम्म गाउँलाई नै छि-छि र थु-थु भन्नेहरुलाई पनि आज गाउँ नै प्याराे भएकाे छ । वर्षौं देखिका रित्ता घर अहिले भरिभराउ भएका छन् । उजाड जमिनमा अहिले हरियाली भएकाे छ । विषादी तरकारीले हैरान भएका सहरियाहरु अहिले ताजा तरकारी खाएर खुसि छन् ।

सरकारले अस्ति भर्खरबाट फेरि लकडाउन खुलेको छ । अब जनजीवन विस्तारै सामान्य बन्दै छ । गाउँ पसेका फेरि सहर जाने तरखरमा छन् । गाउँ फेरि सुनसान बन्दै छ । जमिन पनि उजाड बन्दै छ ।

तर वर्षौंदेखि कृषि कर्म गर्दै आएकालाई यसले कुनै फरक पारेकाे छैन । बिहान देखि वेलुका सम्म फुर्सदनै छैन । गाउँमा अहिले पनि परम्परागत कृषि चल्दै आएकाे छ । सरकारले कृषिमा आधुनिकरण गर्ने भनेपनि त्याे बाेलिमा मात्र सीमित छ ।

अहिले काेराेनाकाे महामारीले देशकाे अर्थतन्त्र तहसनहस जस्तै छ । अर्थतन्त्रको मुख्य स्राेत रेमिट्यान्स ठप्प जस्तै छ । देशमा थुप्रै मानिसले राेजगारि गुमाएका छन् । विदेशबाट लाखौं सङ्ख्यामा युवाहरू राेजगारी गुमाएर स्वदेशमै आउँदै छन् । यस्तो परिस्थितिबाट देश कहिलेसम्म गुज्रिरहने हाे ठ्याक्कै भन्ने स्थिति पनि छैन ।

अहिले पनि देशका ७० प्रतिशत भन्दा बढी मानिस कृषि कर्ममा लागेका छन् । परम्परागत कृषि शैली भएकाले यसले देशकाे अर्थतन्त्र धान्न सकेकाे छैन । अहिले पनि विदेशबाट अरबाैंकाे खाद्यान्न आयात हुँदै आएकाे छ । देशमा उत्पादन भएकाे सामानले बजार लिन सकेको छैन । सरकारले पनि गाउँका उत्पादनलाई बजार लैजान भन्दा विदेशबाट ल्याउन सजिलो मान्दछ ।

अहिले सरकारलाई अर्थतन्त्र सुधार्ने गतिलाे माैका भनेकाे कृषिमा लगानी नै हाे । कृषकलाई कृषिमा सहुलियतदेखि लिएर गाउँ-गाउँमा आधुनिक कृषि सामग्री पुर्याएर, समयमै माैसमी बीउ-विजन उपलब्ध गराई युवालाई कृषिमा आकर्षित गर्न सके देशले काेल्टे फेर्ने थियाे ।

बागलुङका आचार्य पृथ्वीनारायण क्याम्पस पोखरामा बीएएलएलबी अध्ययनरत छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार