‘विचार : अस्थिरताकाे कारक प्रचण्ड !’

Law Hub Nepal वैशाख ११, २०७७
  • सुरेशकुमार पोखरेल

कुनैपनि घट्नाका पछाडि कारण हुन्छ । कारण बिना कुनैपनि घट्ना समाजमा घट्दैन । प्रधानमन्त्रीद्वारा जारी अध्यादेश आउनुका पछाडि पनि बिबिध कारणहरू छन्। ति कारणहरू नपहिल्याई प्रवाह गरिएकाे बिचार भ्रामक, गलत र कपाेलकल्पित हुन्छ त्यस्ता बिचारले श्रृंखलाबद्व रूपमा नेपाली राजनितिक आकाशमा देखिदै आएकाे अस्थितालाई समाधान गर्दैन ।

                         सुरेशकुमार पोखरेल

सरकारकाे प्रकृति अन्तर्राष्ट्रिय हुन्छ, जसकाे जालाे(Network)अन्तर्राष्ट्रिय जगतहुँदै राज्य, समुह-समुदाय सम्म फैलिएकाे हुन्छ। राज्यकाे बिकाश, शान्ति-सुब्यबस्था लगायतकाे गहन दायित्व र जिम्मेवारीमात्र नभई त्यसकाे जवाफदेहिता समेत सरकारमा निहित रहेकाले, जे-जसरी जन्म भएपनि सरकारनै राज्यकाे महत्वपुर्ण र प्राथमिक अंग हाे ।

बिश्वमा निश्चित विधि, पद्दति र जिम्मेवारीका साथ कार्यकारी प्रमुख नियुक्तभई सरकार गठन हुने गर्छन् । नेपालकाे सन्दर्भमा सरकार गठन पश्चात कार्यकारी प्रमुखलाई जहिलेपनि पार्टी संगठनले अधिनस्थ राख्न खाेज्ने असहयाेगकाे संस्कृती विकास  भएकाे पाईन्छ, त्यसकारण संसदिय पद्दति अपनाएकाे हाम्राे मुलुकमा दाेहाेराे शक्तिकेन्द्र रहेकाेछ र तिनै शक्तिकेन्द्रकाे आपसी टकराब र असहयाेगले मुलुकमा अस्थिरता सृजना भईरहेकाे छ ।

एक मुलुकमा एकैपटक दुईजना प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मान्यता नपाउने भएकाले “आलाेपालाे”अनैतिक र असामान्य द्वैध संस्कृतिकाे जिकिर गरिआएका प्रचण्डले पार्टीमा सर्बाेपरी हुनासाथ सरकारलाई चुनाैति दिन बामदेब लगायत विभिन्न कार्ड फ्यालेकाे र पछिल्लोपटक नेपाल र खनाल खेमालाई आफ्नाे प्रभुत्वमा ल्याई गणितिय रूपमा सरकार अल्पमतमा पारि जुनसुकैबेला नेपालमा अस्थिरताकाे बिजाराेपण हुनसक्ने सन्देश दिईआएकाे प्रस्ट छ ।

नेकपा पार्टी पंङ्ति र पार्टीकर्मिले देश विकासमा समर्पित बहुमतप्राप्त आफ्नाे सरकारलाई सहयाेग गरी कसरी जनमुखि बनाउने ? प्राप्त जनमतलाई कसरी बढाेत्तरी गर्ने ? कसरी सरकारलाई स्थिरता प्रदानगर्ने ? कसरि बिबादमुक्त बनाउने ? देश बिकाशमा सरकारकाे अभियानमा कसरी “हैँसे” गर्ने ? भन्ने दायित्व बहन गर्नुपर्नेमा सरकारलाई बिबादमा ल्याउने, अल्पमतमा पार्ने, असहयाेगगर्ने काम “आलाेपालाे”काे जिकिरकाे तत्काल पश्चात पार्टी पंक्तिले सहयाेगकाे संस्कृतिलाई लत्याएर मुलुकलाई अस्थिरताकाे भुमरीमा जाक्ने परिस्थिति निर्माण गरिआएकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गरिरहेकाे सरकार विभिन्न बिबाद र अप्ठ्यारोमा पर्नु, परिआउनु स्वभाविक नै थियाे ।

“अध्यादेश” जारी हुनुकाे पछाडि अन्तरपार्टी भन्दापनि आन्तरिक पार्टीगत परिस्थिति र कारणहरू रहेका छन् । ति परिस्थिति र कारणहरू मध्ये पुर्ब माओबादी गुट, माधब नेपाल गुट, झलनाथ गुट र तिनिहरूकाे समायाेजन प्रमुख रहेका छन् । तिनिहरू समेतलाई नजरअन्दाजगर्नु र अन्य कारकहरू नखाेजि सरकार मात्रलाई दाेष दिनु महाभुल हुनेछ ।

जनताबाट बहुमत प्राप्त सरकारलाई असहयाेग गर्नु, ढाल्नु,ढाल्न गुटबन्दी गर्नु महान “कालिदास” प्रबृत्ति हाे । याे कालिदास प्रबृत्तिले सरकार असफल हाेईन पार्टी असफल भएकाे देखाउँछ ।

कुनैकाेणबाट पनि उपयुक्त नभएकाे याे संस्कृति तत्काल अन्त्य हुनुपर्दछ । मुलुकलाई केन्द्रमा राखेर हेर्दा यस्ताे प्रबृत्ति र संस्कृतिकाे पक्षपाेषण गर्न हुँदैन । बिगतदेखि झ्याँङ्गिदै आएकाे यस्ताे कृत्यलाई नेपालकाे राजनितीमा प्रश्रय दिनुपनि हुँदैन ।

पार्टी समुहमा रहेका ईतरका गुटहरूबाट प्रधानमन्त्रीलाई सहयाेग भन्दापनि असहयाेगगर्ने वातावरण भईआएकाे हाे , जसका कारण प्रधानमन्त्री रक्षात्मकरूपमा पुगेका हुन् ।

बारम्बारकाे ईतर समुहकाे आक्रमणबाट सरकारलाई प्रतिरक्षाकाे अवस्थासम्म पुर्याउनेकाम पार्टीतर्फका समुहबाट भईआएकाे र सरकारद्वारा जारी अध्यादेशकाे गर्भ त्यहिँदेखि बसेकाे हाे ।

दुईवटै “अध्यादेश” गलत हुन, तर परिस्थितिका उपज चाहिँ अवश्य हुन ।महामारीकाे अहिलेकाे विषम परिस्थितिमा अध्यादेश ल्याउने परिस्थिति निर्माणगर्नु उपयुक्त थिएन । बिकसित परिस्थितिले प्रधानमन्त्रीलाई अध्यादेश ल्याउनुकाे बिकल्प पनि दिएन ! अध्यादेश ल्याउनुपर्नाकाे “कारण” दाेषि हाे ।

ति कारक नेकपा पार्टी भित्र नै छन् जसका कारण अध्यादेश सरकारका लागि प्रतिरक्षात्मक बुटी हुन पुग्याे । तिनेै परिस्थितिहरूले सरकार प्रतिरक्षाकर्ता (Defender) भई अध्यादेश जारी गर्न पुग्याे । त्यसकारण “कारण”लाई नजरअन्दाज गरेर “परिणाम”(अध्यादेश)लाई दाेषदेख्नु महा मुर्ख्याइँ हाे ।

महामारीकाे यस्ताे विषम परिस्थितिमा अस्थिरता सृजना गर्न खाेज्ने, प्रधानमन्त्रीलाई जाेखिमपुर्ण बाटाेमा हिंड्न बाध्य पार्ने “अध्यादेश”काे उत्प्रेरक तत्व काे हाे ? कुन सम्बैधानिक, कानुनी छेद वा प्रबृत्तिका कारण नेपालकाे सरकार अस्थिर रहन गएकाे छ ? स्थायित्व निर्माणगर्न के कुन विधि अपनाउनु पर्छ । ति कुराहरूकाे खाेजि र पहिचान मात्र नभई “समाधान” आजकाे आवश्यकता हाे । जुनकुरा भाबि सरकारकाे स्थायित्व समेतसँग जाेडिएर रहेकाे छ ।

अध्यादेशकाे कारक प्रधानमन्त्रीमात्र हाेईनन् । अध्यादेश जन्मनुकाे दाेष प्रधानमन्त्री मात्रलाई लगाएर सरकार गिराउने पर्दापछाडिका अस्वस्थ खेलका खेलाडीहरूलाई चाेख्याउनु, संरक्षण गर्नु उपयुक्त हुँदैन, साथै यस्ताे संस्कृतिकाे पक्षपाेषण गर्नु नेपाल र नेपाली राजनिति र नेपालकाे विकासलाई भविश्यमा पनि अस्थिर बनाउनु हाे ।

प्रधानमन्त्री जाेखिमपुर्ण बाटाेमा हिंडेकै हुन् । त्याे बाटाेमा हिड्न बाध्य पार्ने तत्व, पात्र र प्रबृत्तिहरूकाे खाेजि र पहिचान आजकाे आवश्यकता हाे । यस्ताे अस्थिरताकाे बादल नेपाली राजनितिक आकाशमा बि.सं २०४६ सालदेखि मडारीरहेकाे छ ।

अध्यादेश जारीगर्ने, मध्यावधि निर्बाचनमा जाने परिस्थितिकाे कारक पहिचानगरी, आत्मालाेचना गराउनुपर्ने भए गराई, पदबाट राजिनामा दिलाउनुपर्ने भए दिलाई, भविश्यका लागि नेपाली राजनितिक आकाशलाई स्वस्छ बनाउनु आजकाे आवश्यकता हाे ।

पोखरेल कानुनविद् तथा समाजशास्त्री/ मानवशास्त्री हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार