लकडाउन चुनाैति कि अवसर ?

Law Hub Nepal असार १५, २०७७
  • अभिषेक गिरी ।

सन् २०१९ डिसेम्बर ३१ को दिन चिनकाे वुहान प्रान्त सुरु भएको काेभिड-१९ काेराेना नामक भाइरसले हाल विश्वका हरेक देशमा यसले प्रत्यक्ष रुपमा प्रतिकुल प्रभाव पारेको छ ।

कोरोनाको कारणले गर्दा अहिले पुरै विश्वको राजनीति, अर्थतन्त्र, खेलकुद, व्यापार व्यावसाय तथा अन्य क्षेत्रमा यसले अत्यन्तै प्रभाव पारेको छ । विश्वको अर्थतन्त्र समेत धरासायी बन्दै गएको अवस्था छ ।

कोरोनाबाट सङक्रमित हुनेको संख्या विश्वमा ज्यामितिय ढंगबाट बढेको देख्न सकिन्छ भने निकाे हुनेकाे संख्या अंकगणितिय हिसाबमै सीमित हुनु परेको छ, तथा मृत्यु हुनेकाे दर पनि तिव्र रूपले बढिरहेको छ ।

बढ्दै गईरहेकाे काेराेनाकाे संकमणलाई दृष्टिगत गदै विश्वका सबैजसाे मुलुकले आफ्नो देशमा लकडाउन कडाईका साथ परिपालना गरेका छन् । यस्तो अवस्थामा नागरिकहरू घरमै बसी लकडाउनकाे पालना गर्नु पर्ने भएकोले हाम्रो जस्तो गरिबीको चपेटामा परेका देशमा नागरिकहरू जस्ले बिहान श्रम गरि बेलुकाकाे गुजारा चलाउँँछन्, यस समयमा आयस्रोत ठप्प हुंदा तिनिहरूलाई आफ्नो जिविकापार्जनको लागि अत्यन्त कठिनाईकाे अवस्था सिर्जना भएकाे छ ।

भलै, धनी देशका नागरिकहरूलाई भने यस्तो अवस्थाकाे सामना गर्नुपर्ने नहोला । यस्तो अवस्थाको कारणले गर्दा आफ्नो परिवारकाे छाक टार्न नसक्दा मानिसहरूलेे आफ्नो ज्यान गुमाउन परेको छ भने कतै भाेकमरिकाे कारणले गर्दा मर्नु पर्ने बाध्यता रहेको छ ।

नेपालजस्तो गरिब देशमा विकसित राष्ट्रिले दिएकाे अनुदानमा आएको रकममा तथा PCR खरिदमा समेत अत्यन्तै भ्रष्टाचारकाे अवस्था रहेको छ। जसले गर्दा अहिले अस्पतालमा परिक्षण किटकाे अभाव रहेकाे छ । जसका कारण जनतामा उचित र उपयुुक्त उपचार नहुँदा जनताले आफ्नो जीवन अकालमै गुमाउनु परेकाे अवस्था रहेको छ ।

साना तथा घरेलु व्यावसायी जसले बैंकबाट किस्तामा रकम निकाली आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउँदथे, त्यस्ता व्यत्तिलाई बैंककाे ऋण तिर्न धाै धाै रहेको छ भने ठूला व्यापारीलाई त झन् ठुलो कठिनाईकाे स्थितिकाे अवस्था सिर्जना हुने भयाे नै ।

यसका साथै समाजमा सामाजिक अपराधिक कि्याकलाय दिनहुँ बढ्दै गईरहेकाे अवस्था छ । दिनदहाडै चाेरी हुनु, हत्या हिंसा जस्ता क्रियाकलाप हुनु आफ्नै परिवारकाे सदस्यहरूबाट नै बलात्कारकाे अवस्था सिर्जना हुनुकाे कारणले गर्दा समाजमा मानवता माथि नै प्रश्नचिन्ह खडा भएकाे छ ।

याे लकडाउनकाे अवस्थालाई मानिसहरूले उचित प्रयाेग गर्न नसक्दा धेरै मानिसहरू डिप्रेसनका शिकार समेत हुन पुगेका छन् ।

आयस्रोत कम भएका व्यत्तिलाई विशेष प्राथमिकता दिई नेपाल सरकारले स्थानीय तहद्वारा त्यस्ता व्यत्तिलाई राहत बाँड्ने कार्यक्रम ल्यायो तर केही स्थानीय तह बाहेक अन्य अधिकांश तहले सडेगलेका, माटिएका खाद्यान्न जनतामाझ वितरण गर्दा त्यस्ता अजिव हर्कतले नागरिककाे स्वास्थय माथि नै चुनाैति आएको छ ।

घरमा भएको खाद्यान्न सकिँदा अन्य खाद्यान्न खरिद गर्न नसक्दा कतिपयले या त नराम्रो बाटो अपनाउनु परेकाे छ भने या त मृत्यु । भाेकले गर्दा छटपटाएर मृत्यु भएको व्यक्तिको घरमा मृत्युकाे भाेलिपल्ट चामलको ल्याउनेकाे ताँती भन्दा मानवता माथि कुरीकुरीकाे अवस्था रहेकाे छ ।

बढ्दै गईरहेकाे काेराेनाकाे संक्रमण तथा उचित औषधी पत्ता लगाउन नसक्दा बिश्वका ठुलाठुला राजनीतिज्ञ, खेलाडी, व्यापारीले ज्यान गुमाएको समाचार हाल दिनहुँ जसाे सञ्चारका माध्यमबाट प्रसारण भई रहेका छन् ।

हरेक चुनाैतीसँग अवसर पनि आउँछ भने जस्तै काेराेना आफैंमा एक ठुलाे महामारी भए तापनि यस्तो महामारीमा घरमा बसेकाे अवस्थालाई हामिले सही सदुपयोग गर्न सकेको खण्डमा हामीले धेरै प्रगति गर्न सक्छौँ ।

जागिरको व्यस्तताले गर्दा आफ्नै परिवारलाई समय दिन नसक्ने ब्यक्तिका लागि परिवारसँग घुलमिल हुने याे एउटा सुनाैलाे अवसर हाे भने विद्यार्थीका लागि आफ्नो कमजोरी औंल्याइ सुधार गर्ने, सँगितमा अभिरुचि हुनेलाई सँगित सिक्ने, नृत्यमा रुचि हुनेलाई नृत्य सिक्ने, नयाँ व्यापार व्यावसाय गर्छु भन्ने उद्वमीलाई उचित याेजना बनाउने, साहित्यमा चासो राख्ने ब्यक्तिलाई आरम्भ गर्ने तथा केही गर्छु भन्ने मानिसलाई याे एउटा सुनाैलाे अवसर पनि हाे ।

मानिसहरूले लकडाउनकाे फुर्सदिलो समय पास गर्न समाजमा बसी हाेहल्ला गर्ने, जुवातास खेल्ने, जाँड रक्सी खाने जस्ता कारणले आफ्नो अमुल्य समय बर्बाद गरि रहेका छन् । यस समयको भरपुर प्रयोग गर्ने हो भने त्यस्ता ब्यक्तिका लागि याे समय अविस्मरणीय क्षण बन्दछ ।

इतिहासकाे पानामा सुनाैला अक्षरले आफ्नो नाम लेखाउन खाेज्नेलाई याे समयले महत्वपुर्ण याेगदान गर्न सक्दछ ।

यसकारणले अब एक पटक साेचाैँ अझै पनि ढिला भएकाे छैन कि, याे समयकाे प्रयोग गरि युगान्तकारी छलाङ मार्दै समाजमा प्रेरणाकाे पात्र बन्ने या पशुसरहकाे हर्कत देखाई समाजमा आफू नीच हुने ? अब याे समयलाई कसरी प्रयाेग गर्ने र अवसर वा चुनाैति कुन रूपमा ग्रहण गर्ने तपाईंकै हातमा छ ।

मेलम्ची, सिन्धुपाल्चोकका गिरी चक्रवर्ती ल कलेजमा कानूनमा स्नातक (बीएएलएलबी) अध्ययनरत छन् ।

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार