नेपालको विकासलाई अब हामीलेे सुत्रबद्ध गर्ने बेला आएको छ

Law Hub Nepal असार १५, २०७७
  • प्रा.डा. युवराज संग्रौला ।

१. अमेरिकी गृहयुद्धमा लाखौं मानिस मरे । अर्थतन्त्र ध्वस्त भयो । जब युद्ध समाप्त भयो, उनिहरुले उत्पादनको अभियान चलाए । छोटो समयमा अमेरिका कटन उत्पादन त निकासी गर्ने एक नम्बर देश भयो । सम्पुर्ण युरोपमा अमेरिकाको बजार स्थापित भयो । कृषि उत्पादन नै अमेरिकी अर्थतन्त्रको आधार बन्यो ।

एक समय भारतको कटन बजारले बिश्वको ८५ प्रतिशत माग पूरा गर्थ्यो । जब अमेरिकी कटन उत्पादनले बजार समात्यो, भारतीय कटन १५ प्रतिशतमा झर्यो । (शशी थरुरको किताब हेर्नु होस् ।) एकातिर कृषिले अमेरिका बनायो, अर्कातिर उपनिवेशले भारत सिध्यायो । हाम्रा केही मन्त्री संधै बिदेशी लगानीको कुरा गर्छन् । अर्काको धनले धनी भईंदैन ।

२. चिनको बिदेशीले हुर्मत काढेका थिए । अफिम खुवाएर नागरिक समाप्त । ॠण दिएर सरकार ध्वस्त । घुस दिएर कर्मचारी जति बिदेशी एजेन्ट ।

१९११ मा माओले पेकिङ्ग विश्वविद्यालयमा पढिरहेका चाओ एन्लाइलाई भनेकाा थिए,”राष्ट्रपति को, राम्रो को नराम्रो को, र कस्लाइ हटाउने र कस्लाइ राख्ने” कुरा अहिले चिनको समस्या समाधान गर्ने उपाय होइन । उनले भने, “जब देश बिदेशीले खोक्रो पारेका हुन्छ्न्, मानिस निराशाको रोगबाट ग्रस्त हुन्छ्न्। त्यसैले अब चीनलाई बदल्नु पर्छ । गाउँका किसानलाई जगाउनु पर्छ । किसानलाई देश बनाउने तपाइँहरुले नै हो भनेर बताउनु पर्छ ।”

३. जब चीनमा क्रान्ति सम्पन्न भयो । देश लथालिङ्ग थियो । उत्पादन थिएन । बाल मृत्यु, सुत्केरी मृत्यु, रोग ब्याधी, गरीबी र अराजकताले चीन ग्रस्त थियो । चाओलाई माओले भने “समाजमा रोग निको पारेपछि मानिसको दिमाग स्वस्थ हुन्छ । अत: समाजको सुधार र उत्पादनको अभियान साथसाथै लैजानु पर्छ ।”

गाउँमा कृषि पाठशाला र कृषि उत्पादन सङ्गै अभियानका रुपमा अधि बढ्यो । किसानहरुलाई तालिम दिइयो । कृषीमा आमूल परिवर्तन भयो ।

४. कोरियाले औद्योगिकरणमा जानू पहिला कृषिलाई आधुनिकिकरण गर्यो । क्युवाले संसारलाई पुग्ने चिनी उत्पादन गर्यो । रसियालाई चिनी दिएर तेल किन्यो । संसारबाट स्वयंसेवक बोलाएर कृषि उत्पादन बढायो ।

. जुन देशले कृषि उत्पादनलाई नजरान्दाज गर्छ, त्यो कहिले पनि माथी जांदैन । नेपालको हालत अहिले कमजोर छ ।

हामीले देश बनाउने समय बर्बाद गर्यौं । हामिले हाम्रो २०० बर्ष लामो अपमानित इतिहासलाई बदलेर स्वाभिमानको निर्माण गर्ने कुरालाई बेवास्ता गर्दै आयौं । हामिलाइ आधा नेपाली हुँदा गौरव भयो । हामीले हाम्रो इतिहासको निर्माण गर्ने मानिसको अपमान गर्यौं । आज पनि इतिहास कलंकित छ ।

अब देश बनाउने सोचको निर्माण हुनु पर्छ । हाम्रा हातहरु सिर्जना गर्छ्न्, हातलाई दिमागले चलाउनु पर्छ । त्यसैले नंया सोचको बिकास गरौं ।

क. हाम्रो इतिहासको पुनर्निर्माण गरौं । राज यलम्बरबाट नेपालको पहिचान बन्यो । उनको सम्मान हुनु पर्छ । राजा अंसुबर्माले मौखरीहरुलाई हराए र नेपालको नयाँ इतिहास निर्माण गरे। राजा नरेन्द्रदेबले मगध र चीनसङ्ग संबन्ध गांसेर नेपालबाट रेशममार्ग चलाए । उनको पनि संम्मान हुनु पर्छ ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे उन्को पनि सम्मान हुनु पर्छ । बंशु गुरुङले किन्लोकलाई हराएर नेपालमा बृटिसलाई पस्न दिएनन्। उनको पनि सम्मान हुनु पर्छ ।

पश्चिमको किल्लामा उपनिबेशका बिरुद्ध लड्ने भक्ति थापा, अमर सिंह थापा, बलभद्र कुवंर, रन्जोर सिंह थापा लगाएतका सबै सहिदहरुको इतिहास लेखिनु पर्छ ।

ख. देशको सम्मान र समाजको परिबर्तनका लागी गीत गाउने कबिता लेख्ने रामेस, मन्जुल, गोकुल जोसि, हरिभक्त रिमाल, बुंद राना, युद्ध प्रसाद मिश्र जस्ता थुप्रै आहिलेसम्म बेवास्ता गरिएका सबै प्रतिभा र श्रस्टाको इतिहास इज्जत र सम्मान हुनु पर्छ।

ग. आफनो क्षेत्रमा नेतृत्व गर्ने जस्तै वकिलका कृष्णप्रसाद भण्डारी र शम्भु प्रसाद ज्ञवाली जस्ता डाक्टरका साथै मथुरा श्रेष्ठ जस्ता सबै क्षेत्रमा मुर्धन्यहरुको सम्मान हुनु पर्छ । तर त्यसो गर्न पहिला त्यस्तो समाजको निर्माण गर्ने बिचारको खेती गर्नु गर्नु पर्छ । बिचारको तागत हजारौं सैनिकको भन्दा शक्तिशाली हुन्छ ।

घ. अब हरेक नेपालीले कृषिको आन्दोलन निर्माण गर्नु पर्छ । एमसिसिका कुरा गर्ने, बिदेशी लगानीका गफ गर्ने गफाडीहरुलाई तिमी बिदेशीले किनेका मानिस हौ भन्ने बेला आयो । पांच बर्षमा देशलाई चाहिने सबै किसिमका खाद्यान्नमा देशलाइ आत्मनिर्भर बनाऔं ।

अर्को पांच बर्षमा कृषिमा अधारित उद्योगहरुको निर्माण गरौं । तब मात्र बिदेशि लगानी आउला । विदेशी लगानी आउनु पुर्व देश लुट्ने, कमिसनतन्त्र चलाउने र नेपालीका नाममा नेपाल लुटने माफिया र तिन्का मालिकहरुलाइ फ्यांक्न सक्नु पर्छ।

. राष्ट्रियता विनाको विकास शोषण र दलालिको स्वरुप हो। अमेरिकाले “पहिला अमेरिका” भन्दा हुने हामिले किन मेरो राष्ट्र  भन्दा दूतावासका भात खानेहरुले उग्र राष्ट्रवादी भन्ने । हो, हामीले राष्ट्रवादी हुनै पर्छ । तर राष्ट्रवादी भनेको राजावादी होइन । राजा होइन राष्ट्रवादीले जनता बोक्छ । असल राजाको पनि सम्मान त हुन्छ ।

च. अब सेनाको संख्या २,५०,००० पुर्याउनु पर्छ । सैनिक ब्यारेकहरुलाई उत्पादनका केन्द्र पनि बनाउनु पर्छ। सेना भित्र उत्पादन बृगेडको निर्माण हुनु पर्छ। लड्ने र उत्पादन गर्ने दुबै थरीको नेतृत्व सेनाले २० बर्ष सम्म गर्नु पर्छ।

छ. विश्वविद्यालयका विद्यार्थीलाई राष्ट्रिय  सेवामा प्रयोग गरि शिक्षालाई व्यावसायीकरण र रोजगारी दुबैसंङ्ग जोड्नु पर्छ।

ज. निर्माणका लागि राष्ट्रिय निर्माण प्राधिकरणको निर्माण गर्नु पर्छ ।

अहिले देशका समस्या भनेका टपरटुंइया गफाडी हुन्, जस्का डिग्री छ्न्, तर ज्ञान र विज्ञान होइन अल्प ज्ञानको रोगमात्र छ । यिनैले राज्य पनि समातेका छ्न्, यिनकै हातमा राजनीति पनि छ । यस समुहमा आफुलाइ इमान्दार देखाउने गफाडी र राज्य दुहुने छ्ट्टु पनि छ्न् ।

अब अरुलाई होइन आफैंलाइ चिनौं । अब हामी सङ्ग दश बर्षको समयमात्र छ । अहिले नै सोच्न नथाल्ने हो भने देश रहने छैन । देशलाई क्युवा जस्तो बनाउने वा पेलेस्टाइन जस्तो ?

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार