यस वर्षको बालोन डी’ओर अवार्ड रद्ध

Law Hub Nepal श्रावण ५, २०७७

काठमाडौं । फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर यस वर्ष प्रदान नगरिने भएको छ ।

फ्रेन्च फुटबलले सोमबार कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।

कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो । कोरोनाकै कारण फ्रेन्च लिग रद्द भएको थियो ।

सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो ।

अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनैपनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन ।

यस अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक ६ पटक जितेका छन् ।

यस्तै रोनाल्डोले ५ पटक अवार्ड जितेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार