वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

Law Hub Nepal फागुन १४, २०७६

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवासमा बसेको पार्टीको  सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

गौतम गत प्रतिनिधि सभा निर्वाचनमा बर्दिया-१ मा कांग्रेसका  सञ्जय गौतमसँग पराजित भएका थिए।

यसअघि गत माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूले गौतमलाई आग्रह गरे पनि  उनले प्रधानमन्त्री बन्न नपाइने राष्ट्रिय सभामा आफू नजाने बताएका थिए।

गौतमको मागअनुरूप नेकपाले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो।

तर उक्त कार्यदल भने सचिवालयको आजको बैठकले खारेज गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार