बार काउन्सिलको पार्षदका लागि भएको चुनावको नतिजा सार्वजनिक, कहाँ कुन समूहकाले जिते ?

Law Hub Nepal माघ २५, २०७६

काठमाडौं । नेपाल बार काउन्सिलको पार्षदको लागि सातै प्रदेशमा भएको चुनावको नतिजा सार्वजनिक भएको छ।

प्रदेश नं १ बाट देवेन्द्र कोइरालालाई हराउँदै प्रेमप्रसाद पोखरेल बिजयी भएका छन्। प्रदेश नं २ बाट उमेशकुमार यादवलाई हराउँदै श्यामकुमार मिश्र बिजयी भएका छन् ।

बाग्मती प्रदेशमा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपानेलाई हराउँदै बिजयी भएका छन् ।

गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल बिजयी भए । उनले  नारायणप्रसाद आचार्यलाई हराएका हुन् ।

त्यस्तै प्रदेश नं ५ बाट बाबुराम पाण्डे बिजयी भए । उनले सीताराम अग्रवाललाई हराए ।

कर्णाली प्रदेशबाट दमनराज बमलाई हराउँदै  रामबाबु विसी बिजयी भए ।

र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय खगेन्द्रराज जोशीलाई हराउँदै बिजयी भएका छन् ।

प्रदेश १, बाग्मती प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेश प्रगतिशील समूहका उम्मेद्वारले जिते । प्रदेश २, गण्डकी र ५ नं प्रदेश लोकतान्त्रिक उम्मेद्वारले जितेका हुन् ।

देशभरका निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गरेेेेेेका थिए ।

सातजना परिषद् सदस्यका लागि सो निर्वाचन भएको हो ।

परिषद् कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने निकाय हाे ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार