स्वास्थ्यमन्त्री ढकाल भन्छन् : उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्ने जरुरी छैन

Law Hub Nepal चैत्र १७, २०७६

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने आफुले नठानेको बताएका छन् ।

यो खबर आजको नयाँ पत्रीकाले छापेको छ । उनले भनेका छन्,“मेडिकल उपकरण खरिदमा उठेको प्रश्नको जवाफ दिनुपर्छ भन्ने मैले ठानेको छैन । खरिद प्रक्रियामा कुनै पनि तलमाथि भएको छैन ।

काम नहुँदासम्म सामान भएन भनेर जनतालाई निराश बनाउने, सामग्रीहरू पाएपछि अनियमितता गर्‍यो भनेर अतिरञ्जित गर्नु आश्चर्य हो । यी चिन्तन–प्रवृत्तिहरू सरकारको काम र व्यवहारबाट ध्वस्त हुँदै जानेछन् ।

यस्ता व्यक्तिलाई जवाफ दिनैपर्छ भन्ने छैन । हामी व्यवहारबाट नै जवाफ दिनेछौँ । स्वास्थ्य मन्त्रालयका सबै साथीहरू शब्दमा जुहारी खेल्नेभन्दा कामबाट जवाफ दिने तयारीमा हुनुहुन्छ । समयले यसको जवाफ सबैलाई सन्तुष्ट हुने गरी दिनेछ ।”

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार