प्रहरीद्वारा पूर्वसचिव भीम उपाध्याय पक्राउ

Law Hub Nepal वैशाख १०, २०७७

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।

बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार