बेलायती प्रधानमन्त्री पनि कोरोना भाइरस संक्रमित 

Law Hub Nepal चैत्र १४, २०७६

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।

संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले शुक्रबार यसबारे पुष्टि गर्दै जोनसनमा सामान्य लक्षण देखिएको बताएको छ।

उनी ‘सेल्फ आइसोलेसन’ मा बस्ने र त्यहीबाट सरकार सञ्चालन गर्ने डाउनिङ स्ट्रिटका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

इंगल्यान्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो ।

‘कोरोना संकटसँग जुध्न ब्रिटिस सरकारको प्रयासको उनले नै नेतृत्व गर्नेछन्,’ वक्तव्यमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार