भारत र चीनसँगको सीमा नाका बन्द गर्ने सरकारको निर्णय

Law Hub Nepal चैत्र ९, २०७६

काठमाडौं । सरकारले सोमबारबाट लागू हुनेगरी भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै छिमेकी मुलुकसँग जोडिएका सिमा नाका बन्द गर्ने निर्णय भएको हो ।

यसबारे सरकारले केहीबेरमै औपचारिक पत्रकार सम्मेलनमार्फत सम्पूर्ण जानकारी दिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपणपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा चार घण्टा छलफल भएको थियो ।

त्यस्तै, बैठकले कोरोना भाइरस नियन्त्रणसँग सम्बन्धित अन्य निर्णयहरुसमेत गरेको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार