कोरोना भाइरसले मृत्युु हुनेेमा चीन पहिलो नम्बरमा रहेको ट्रम्पको दाबी

Law Hub Nepal वैशाख ७, २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गरेका छन् ।

साथै, उनले अमेरिका त चीनको छेउछाउ पनि नभएको बताएका छन् ।

ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्रपतिले यस्तो दाबी गरेका हुन् ।

उनले अन्य देशमा भइरहेको मृत्युको आँकडाबारे पनि उक्त पत्रकार सम्मेलनमा कुराकानी गरे ।

उनका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण भइरहेको मृत्युदर युरोपको देशभन्दा कम छ ।

जर्मनी बाहेक ब्रिटेन, स्विटजरल्याण्ड, बेल्जियम र फ्रान्सको तुलनामा अमेरिकामा कोरोनाका कारण भएको मृत्युदर कम रहेको उनले बताए ।

स्पेनको मृत्युदर त अमेरिकाभन्दा चार गुणा बढीरहेको ट्रम्पले दाबी गरे ।

ट्रम्पले यसअघि पनि चीनमा कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको दाबी गर्दै चीनले मृतकको आँकडा लुकाएको आरोप पनि लगाउँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार