भोलिदेखि नेपालमा क्लिनफिड लागू, विदेशी च्यानल विज्ञापनरहीत प्रशारण हुने

Law Hub Nepal कार्तिक ६, २०७७

काठमाडौं । नेपालमा यही कात्तिक ७ गते अर्थात् भाेलि शुक्रबारदेखि विज्ञापनरहित प्रशारण (क्लिनफिड) नियम लागू हुने निश्चित भएको छ।

यही कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको सो निर्णयलाई ‘ऐतिहासिक निर्णय’ भएको बताएका छन्।

‘२०७६ कात्तिक ६ गतेदेखि लागू भएको विज्ञापनको नियमन गर्ने ऐन २०७६ को दफा ६ मा विज्ञापनरहीत प्रशारण गर्नुपर्ने व्यवस्था रहेको छ’ उनले भने, ‘नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुले विज्ञापनरहीत क्लिनफिड प्रशारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डविङ गरी प्रशारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्ष अर्थात २०७७ कात्तिक ७ गतेभित्र विज्ञापनरहीत क्लिनफिड प्रशारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपाली सञ्चारमाध्यमहरुले डविङ गरी प्रशारण गर्न नपाउने कानुनी व्यवस्था रहेको छ।’

(ल हब नेपालमा प्रकाशित सामग्रीहरू पढ्न हाम्रो फेसबुक पेज यहाँ क्लिक गरि लाइक गर्नुहोस् ।

कानूनी या कुनै पनि सान्दर्भिक विषयवस्तुमा लेख रचना वा विचार प्रकाशित गर्न चाहानुहुन्छ भने [email protected] मा प्रेषित गर्नुहोस् ।)

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार