७० करोड कमिसनका लागि संचारमन्त्रीकाे सेटिङ (अडियोसहित)

Law Hub Nepal फागुन ८, २०७६

काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएको छ ।

अनलाइन मिडियाहरुले फेला पारेको अडियोमा मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेका छन्।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ ।

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

बास्कोटा र मिश्रबिच भएको अडियो संवाद जस्ताको तस्तैः

मिश्रः यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ..होइन त्यसमा चाही स्वीस ऐम्बेसीले बोलायो तपाइँहरुले बोलाएर आउने होइन ।

मन्त्री बाँस्कोटा (बीचमा बोल्दै) : अँ

मिश्र : सकेसम्म एमओयु गर्ने की भन्ने हिसाबले उ गर्न लागेको छ।

मन्त्री बाँस्कोटाः अँ

मिश्रः उनले चाहीँ तपाइँहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाही छुट्टै छलफल गर्न चाहन्छ। क्या उसले
(बीचमा बोल्दै) मन्त्री बाँस्कोटाः ठिक छ

मिश्रः अँ त्यो भएको हुनाले तपाइँले त्यति टाइम मिलाइदिनु पर्यो।

बाँस्कोटाः मिलाउनुपर्छ। यो उसको लागि हामी आउट अफ ट्र्याकमा जानेकी तपाइँले भने अनुसार नै जाने त भन्नुस्।

बाँस्कोटाः अब

मिश्र (कुरा काट्दै) : कुराचाही मैले राखेको छु,

मन्त्री बाँस्कोटा क्यापसिटीको कुरा,

मिश्र : बोल्दै अब कुराचाही मैैले राखेको छु

मन्त्री बाँस्कोटाः उनीहरुले नर्मलमा ५० भने

मिश्र : हँ त्यसमा (नर्मलमा कुरा काट्दै)

मन्त्री बाँस्कोटा : पहिला कति निकालेको थियो

मिश्र: यसमा टोटल उसको चाही प्रसेन्टेजमा आउँने हो, होइन फेरि

मन्त्री : टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं

मिश्र: केही न केही त भइरहेको छ, होइन त्यही बेशमा जाने हो हामी त अब …..उनीहरुले त अरुले नी त्यही मूल्य त्यो भन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेस चाही तपाइँहरुकै उसमा जाने हो ।

मन्त्री बाँस्कोटा : अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला ?

मिश्र : ७० जति आउदैन (७० करोड) यो आउट अफ उसमा जाँदा खेरि ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँ छ की?

मन्त्री बाँस्कोटा : तपाइँलाई के गर्छन् तपाइँलाई छुट्टै गर्छन्।

मिश्र : टोटल ७४ (७४ करोड) जति आउँछ भन्ने हाम्रो अनुमान

मन्त्री : बाँस्कोटा ७४, ७५

मिश्र : यसमा चाही ३०, ७० प्रतिशत तपाइँहरुलाई दिने होइन ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ। हाम्रो एकदम टान्सपरेन्सी हुन्छ त्यसका केही छैन।

मन्त्री बाँस्कोटा : यस्तो हुँदा कति हुन्छ ?

मिश्र : ५४, ५५ तपाइँहरुलाइ आउने १५, १६ हामीलाई आउने हामीले नि त अलि अलि त होइन, अब आउट अफ ट्र्याक जाने हो भने

मन्त्री : तपाइँ हामी हिसाब… भन्न खोजेको कुरा बुझिदैन।

मिश्र :  यस्ताे तपाइँले गर्नुहोस सबै

मन्त्री : एउटा के नरहनुस भने

मन्त्री : यस्तो कुरामा यी (मुख छाड्दै) कर्मचारीसँग लाग्यो भने यिनीहरुले हेप्छन्। कुरा बुझ्नु भयो।

मिश्र : हो हो मन्त्री यो कुरा सचिवलाई पनि नभनौं (मन्त्रीले भन्न खोजेको बुझिदैन।)

मिश्र :  ठिकै छ त्यो त्यसो भए म आफै गराउँ

मन्त्री बाँस्कोटा : एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ।

मिश्र : उसले त लगभग लभगभ उसले त बनाएर राखिराखेको छ।

मन्त्री बाँस्कोटा : यो मु…. ले बनाएको त ३५ अर्बको छ नी। यो ३५ अर्ब नी नभएपछि त २७ अर्बको निस्केपछि त २८ अर्ब बनाउनुस्।

मिश्र :  यो  म गर्छु ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार