संचार मन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

Law Hub Nepal फागुन ८, २०७६

काठमाडौं । नेपाली कांग्रेसले संचार मन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ ।

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएकाे  तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको उसले बताएको छ ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो सार्वजनिक  भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न  उसले माग गरेको हो ।

‘निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेसले प्रधानमन्त्री  केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ’ प्रवक्ता  विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार