यी वकिलका ट्वीटले अदालतको मानहानी गरेको भारतीय सर्वोच्चले ठहर्‍याएपछि तीव्र आलोचना  

Law Hub Nepal भाद्र १, २०७७

काठमाडौं । भारतको सर्वोच्च अदालतले प्रशान्त भूषण नाम गरेका वकिलले गरेका दुई ट्वीटलाई लिएर मानहानीको मुद्दामा दोषी ठहर गरेपछि आलोचना तीव्र भएको छ ।

प्रशान्त भूषणलाई मानहानीमा दोषी ठहर गर्ने सर्वोच्च अदालतको शुक्रबारको फैसला अभिव्यक्ति स्वतन्त्रतामाथि अदालतबाट भएको गम्भीर ‘आक्रमण’ का रुपमा बौद्धिक समुदायका व्यक्तिहले चित्रित गरेका छन् ।

भुषणले गएको जुनमा दुई ट्वीट गरेका थिए, जसमा उनले न्यायपालिकामा भ्रष्टाचार हुने गरेको उल्लेख गरेका थिए । सोही ट्वीटलाई लिएर अदालतको मानहानी भएको भन्दै महेक महेश्वरीले मुद्दा दायर गरेका थिए ।

सर्वोच्च अदालतले शुक्रबार न्यायाधीशहरु अरुण मिश्रा, बी.आर. गावाई र कृष्ण मुरारीको बेन्चले दोषी ठहर गरेको थियो । सजाय अगस्ट २० मा सुनाइने छ ।

सर्वोच्चमा प्रशान्त भुषणले दिएको जवाफमा न्यायपालिकामा भ्रष्टाचार भएको अभियोग वा आशंका जताउनु मानहानी नहुने भन्दै वाक स्वतन्त्रताको सम्मान गरिनु पर्ने बताएका छन् ।

भूषणको केशमा सर्वोच्चको फैसलाप्रति असहमति जनाउँदै सुहास पाल्शिकरसहितका बौद्धिक व्यक्तिले आलोचना गर्न पाउनु पर्ने अधिकार हुने बताएका छन् । देशसञ्चारबाट ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार