नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, आजमात्रै १४ जनामा पुष्टि 

Law Hub Nepal वैशाख ५, २०७७

काठमाडौं । नेपालमा एकैदिन १४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।

शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना पोजेटिभ भेटिएको हो।

संक्रमितहरू भारतीय भएको बुझिएको छ ।

त्यस्तै, आजै चितवनको राप्ती नगरपालिकाका एकै परिवारका दुई सदस्यमा कोरोना पोजेटिभ देखिएको छ।

उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

 

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार