एकैदिन १० जनामा काेराेना सङ्क्रमण, नेपालमा सङ्क्रमितकाे सङ्ख्या ४१ पुग्याे

Law Hub Nepal वैशाख ९, २०७७

काठमाडौं । नेपालमा मङ्गलबार एकैदिन १० जनामा कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण पुष्टि भएकाे छ ।

उदयपुरमा थप १० जनालाई आज एकैदिन कोभिड १९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको उनलेे बताए ।

यसअघि मङ्गलबार नै उदयपुरमा अर्का एक जनालाई सङ्क्रमण भएको पाइएको थियो ।

योसहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ ।

कोरोनाको आशङ्कामा उदयपुरमा तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार