नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो

Law Hub Nepal वैशाख १४, २०७७

काठमाडौं । झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार