नेपालभित्रै पहिलो पटक एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

Law Hub Nepal चैत्र २२, २०७६

काठमाडौं । नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ।

कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो।

शनिबार उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ।

योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो।

शनिबारबाट भारतबाट आएकाहरूमा पनि कोरोना भाइरस देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

आज तीनजनामा देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार