कोरोना संक्रमणबारे भ्रम फैलाउने युवक पक्राउ

Law Hub Nepal चैत्र ८, २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार