कोरोना प्रभाव : ला लिगा स्थगित

Law Hub Nepal फागुन २९, २०७६

एजेन्सी । स्पेनमा कोरोना फैलने क्रम बढ्दै गएपछि यस सिजनको ला लिगा कम्तिमा पनि आगामी २ हप्ताका लागि स्थगित गरिएको छ ।

युरोपियन फुटबल एसोसिएसनसँगको वार्ता पछि ला लिगाले गरेको स्थगन  अवधि कोरोनाको प्रकोपको अवस्था हेरेर अझै घटबढ हुन सक्ने पनि बताइएको छ ।

युइएफएले भने आगामी हप्ताको च्याम्पियन्स लिगका खेलबारे केही घोषणा भने गरेको छैन। आगामी हप्ता च्याम्पियन्स लिगको खेल अन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटी १६ औं चरणको खेल हुने छ ।

बिहीबार मात्रै रियल मड्रिडका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार