२ सय उत्तर कोरियाली सैनिकको कोरोनाबाट मृत्यु

Law Hub Nepal फागुन २७, २०७६

एजेन्सी । कोरोनाबाट लगभग २ सय उत्तर कोरियाली सैनिकको ज्यान गएको छ ।

कोभिड १९ संक्रमणका कारण उनीहरूको  ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ ले जनाएको छ ।

डेली एनकेले दाबी गरेअनुसार मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले सैनिक नेतृत्वलाई कोरोनाको प्रभाव सम्बन्धी रिपोर्ट पठाएको थियो।

रिपोर्टमा १ सय ८० सैनिकले कोरोना संक्रमणबाट ज्यान गुमाएको उल्लेख छ। त्यस्तै ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको छ ।

केही सैनिक उच्च ज्वरो तथा निमोनियाका कारण मरेपछि सैनिक नेतृत्वले तथ्यांक संकलन गर्न आदेश दिएपश्चात यस्तो  रिपोर्ट आएको हो।

रिपोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा खलबली मच्चिएको छ। साथै, सैनिक नेतृत्वले कोरोना संक्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत अपनाएको बताइएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार