कोरोनाका सातौं संक्रमित पनि बागलुङकै

Law Hub Nepal चैत्र २१, २०७६

काठमाडौं । पोखराको ल्याबमा कोरोना पोजेटिभ देखिएका व्यक्ति पनि बागलुङकै भएको खुलेको छ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट आएपछि बिरामी भएर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो।

पोखराको परीक्षणमा पोजेटिभ देखाएपछि ती व्यक्तिको थ्रोट स्वाब संकलन गरेर काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

यसअघि बागलुङकै दुईजना महिलामा कोरोना देखिएको थियो। बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार