नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुग्यो 

Law Hub Nepal चैत्र १२, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले तेस्रो संक्रमित फेला परेको पुष्टि गरे ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको नमुनामा पोजेटिभ भेटिएको उनले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती बिरामी केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका हुन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार