चीनमा कोरोनाविरूद्धको भ्याक्सिन सफल परीक्षण

Law Hub Nepal चैत्र २३, २०७६

काठमाडौं । चीनमा कोरोनाविरूद्धको भ्याक्सिन सफल परीक्षण गरिएको छ ।

कोरोना भाइरस (काभिड–१९) को सुई लगाएका चिनियाँ स्वयंसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ।

सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ।

उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवक फिर्ता भएका हुन्।

शुक्रबारसम्म १०८ जना स्वयंसेवकहरूमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेका छन्।

सबै स्वयंसेवकहरुलाई छ महिनासम्म निगरानीमा राखिने र उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई सुक्ष्म रुपमा अनुसन्धान गरिनेछ।

यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार