कोरोना भाइरसविरुद्धको खोप मानवमा परीक्षण गरिँदै

Law Hub Nepal चैत्र ३, २०७६

एजेन्सी। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ।

यो खोपको पहिलो परिक्षण अमेरिकामा हुन लागेको हो । सोमबार हुने यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुनेेेेेछन्।

संक्रमित नभएका ती स्वयंसेवीहरूले खोपका विभिन्न मात्रा लिने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच गरिनेछ।

एम.आर.एन.ए–१२७३ नामकरण गरिएको यो भ्याक्सिनलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ।

खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको बताइएको छ। त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको जनाइएको छ।

बिरामीको कोषलाई भाइरसको संक्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकहरूको योजना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार