बाग्लुङकी ६५ वर्षीया महिलाले पनि जितिन् कोरोना, डिस्चार्ज गर्ने तयारी

Law Hub Nepal वैशाख ६, २०७७

पोखरा । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिला कोरोना भाइरस मुक्त भएकी छन् ।

धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत महिलाको तेस्रो र चौथो स्वाब परीक्षणमा नेगेटिभ आएपछि कोरोना मुक्त भएकी हुन् ।

बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उनी कोरोना मुक्त भएको धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुुुुुपरिटेन्डेन्ट  डा. शैलेन्द्र पौडेलले जानकारी दिए।

कोरोना मुक्त भएसँगै उनलाई अस्पतालबाट घर पठाउने तयारी गरिएको छ । उनलाई शनिबार साँझ नभए आइतबार बिहानै घर पठाइने छ ।

संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए । ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् ।

पाँचौ संक्रमित युवतीको भने चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले अस्पतालमा उपचार गराइरहेकी छिन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार