ब्रेकिङ्ग : नेपालमा छैठौं कोरोना संक्रमित भेटिए

Law Hub Nepal चैत्र २०, २०७६

काठमाडौं । नेपालमा छैठौं कोरोना संक्रमित थपिएका छन्।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी गराइएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार दोहाबाट काठमाडौं आएको QR 652 उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो।

सरकारले हिजोसम्ममा १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेकोमा ५ जनामा कोरोना पुष्टि भएको थियो।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १ हजार १ सय ३३ जनाको नमुना परीक्षण भएको छ भने धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण गरिएको छ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार