कोरोना भाइरस : युक्रेनमा चीनबाट उद्धार गरिएका यात्रु चढेका बसमा आक्रमण

Law Hub Nepal फागुन ९, २०७६

एजेन्सी । युक्रेनमा प्रदर्शनकारीहरूले कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित चीनबाट उद्धार गरिएका मानिसहरू चढेका सवारीसाधनमा आक्रमण गरेका छन् ।

ती मानिसहरूलाई नोभी सान्जारीस्थित एउटा अस्पतालमा १४ दिन क्वारन्टीनमा राख्न लगिँदै थियो ।

बिबिसीका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई सहानुभूतिपूर्वक व्यवहार गर्न आग्रह गरेका छन् ।

युक्रेनको सुरक्षा निकायका अनुसार उद्धार गरिएका केही मानिसमा कोभिड(१९ अर्थात् कोरोनाभाइरसको सङ्क्रमण भएको मिथ्या दाबी गरिएको थियो ।

सुरक्षा सेवाका अधिकारीहरूले त्यसबारे छानबिन गरिरहेको एउटा विज्ञप्तिमा उल्लेख छ ।

चीनको वुहानबाट ४५ युक्रेनी र २७ विदेशी नागरिकलाई विमान चढाएर पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएको थियो ।

उनीहरूलाई छवटा बसमा राखेर अस्पताल लग्दै गर्दा प्रदर्शनकारीहरूले बाटोमा आगो बालेर तथा ढुङ्गा हानेर विरोध गरेका थिए।

स्वास्थ्यमन्त्रीले बसमा भएका कोही पनि बिरामी नभएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले देशवासीलाई करुणा देखाउन र विरोधप्रदर्शन नगर्न आग्रह गरेका छन्।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार