दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

Law Hub Nepal फागुन ७, २०७६

काठमाडाै‌ । भ्रष्टाचारको आरोप लागेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्ष जेल सजाय सुनाइएको छ ।

यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर गरेको पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपतिको पद सम्हालेका म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो ।

उनलाई १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिए पनि अदालतमा अपिल गरेपछि तारेखमा छाडिएको थियो ।

राजधानी सियोलस्थित जिल्ला अदालतमा बुधबार उनको मुद्धामा सुनुवाई भएको हो । अदालतले विगतको भन्दा बढी सजाय सुनाएको छ ।

विगतमा गरेका गल्तीको म्यूङले कुनै पश्चाताप र जिम्मेवारीबोध नगरेको अदालतको ठहर गरेकाे छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएकाे बताइन्छ ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार