बालुवाटार जग्गा प्रकरणमा विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Law Hub Nepal माघ २२, २०७६

काठमाडौं । बालुवाटारको जग्गा प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

बालुवाटारमा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नमाथि कारबाहीको माग गर्दै अख्तियार आरोपपत्र लिएर विशेष अदालत पुगेको हो ।

आरोपपत्रमा जग्गा अनियमिततामा संलग्न तत्कालिन मन्त्री र कर्मचारीमाथि कारबाहीको माग गरिएको छ ।

अख्तियार स्रोतका अनुसार बालुवाटार जग्गा प्रकणमा पूर्वमन्त्री विजय गच्छदार, छविराज पन्‍त र डम्बर श्रेष्ठसहित सय भन्दा बढीविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिना भएको र सो बिषयमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले पनि भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको थियो ।

तत्पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यो विषयमा अनुसन्धान गरेका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार