जग्गा फिर्ता गर्ने निवेदन दिएकाले नेता पौडेल र न्यायाधीश रेग्मीलाई उन्मुक्ति

Law Hub Nepal माघ २३, २०७६

काठमाडौं । अख्तियारले जग्गा फिर्ता गर्ने निवेदन दिएकाले नेकपा नेता बिष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्ति दिएको छ ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलाएको छ ।

तर,सत्तारुढ नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेकाले प्रश्न उब्जिएको छ ।

उनीहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएको भन्दै  मुद्दा नलाग्ने तर्क अख्तियारले गरेको छ ।

यता बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मुद्दा चलाइएको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई भने आयोगले अनुसन्धानको दायरामा  नतानी उन्मुक्ति दिएको छ।

अख्तियारले बहालवाला एक न्यायाधीशविरुद्ध भने मुद्दा दायर गरेको छ । चितवन जिल्ला अदालतमा कार्यरत न्यायाधीश विनोदकुमार गौतमविरुद्ध मुद्दा दायर भएको हो ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार