नेपालमा सुशासन बढ्दै, भ्रष्टाचार घट्दै

Law Hub Nepal माघ ९, २०७६

माघ ९, काठमाडौँ । नेपालमा सुशासनको अवस्थामा तुलनात्मक सुधार आएको एक अन्तर्रा्ष्ट्रिय अध्ययनले देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९को सूचकांक अनुसार नेपालमा भ्रष्टाचारको अवस्था केही सुधार देखिएको छ । नेपाल ३४ अंकका साथ १ सय १३ औं स्थानमा रहेको छ ।

भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको हो ।

नेपालले अंक गत वर्षभन्दा ३ अंक बढी पाएको हो । बिहीबार सार्वजनिक भएको प्रतिवेदनले मुलुकमा भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको विश्लेषण छ ।

अघिल्लो वर्षको तुलनामा नेपालले राम्रो सुधार गरेको हो । यो एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरु गत वर्षको तुलनामा बलियो र मजबुत देखिन थालेका छन् ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार