बामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधन गर्दै नेकपा, बनायाे कार्यदल

Law Hub Nepal फागुन ११, २०७६

काठमाडौं । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कार्यदल बनाएको छ ।

संविधान संशोधनबारे गृहकार्य गर्न वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेको कार्यदल बनाइएको हो ।

कार्यदलले उपाध्यक्ष बामदेव गौतमको चाहनाअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ ।

नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेको छ । तर गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था भएमात्रै राष्ट्रियसभामा जाने बताएका छन् ।

यस अघि उनको सर्तमा नेकपा नेतृत्व सहमत नभएपछि उनले माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए ।

तपाईंको प्रतिक्रिया व्यक्त गर्नुहोस् ।

विचार